कारको ठक्करबाट एक जनाको मृत्यु
काठमाडाैं | कात्तिक ३, २०८०
दाङ देउखुरीमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका ५ लठ्ठहवाका अन्दाजी ३० वर्षीय शन्तराम चौधरी रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुबाङ सडकखण्डको राप्ती गाउँपालिका ५ लठ्ठहवा सिंगेखोला पुल नजिकै बा ९ च ७१९८ नम्बरको स्कारपियोले रा ६ प ५७३८ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई ठक्कर दिएको थियो ।
बिहीबार राति ९ बजे भएको सो दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीको सिसहनियाँ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सिसहनियाँले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको च्याम्पियनसिपको फाइनल ...
पोखरा: पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा यही माघ २२ गतेदेखि नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । बुद्धटोल युवा...
पोखरा: पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

